Connect with us

HEALTH

पाँच वर्षमा ४८२ जनाको मृगौला प्रत्यारोपण

Published

on

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यरोपण केन्द्र ।

‘भक्तपुरमा मृगौला प्रत्यारोपणलाई मात्रै प्राथमिकता दिएर केन्द्र सञ्चालनमा आएपछि साढे पाँच वर्षको अवधिमा चार सय ८२ जनाको सफल मृगौला प्रत्यारोपण गर्न सक्यौं’

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यरोपण केन्द्रले पाँच वर्षभित्र चार सय ८२ जनाको सफल मृगौला प्रत्यारोपण गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार २०६९ माघदेखि यहीं साउन दोस्रो हप्तासम्म चार सय ८२ जनाको सफल मृगौला प्रत्यारोपण गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार पाँच वर्षमा चार सय ८२ जनाको सफल मृगौला प्रत्यारोपण गर्नु विश्वमै उत्कृष्ट उपलब्धि हो ।
कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्र स्थापना भएको छोटो अवधिमै चार सय ८२ जनाको सफल मृगौला प्रत्यारोपण गरिनु ठूलो उपलब्धि भएको दावी गरे ।
उनले आफूहरुको नेतृत्वमा मृगौला प्रत्यारोपण सुरु गरेकोदेखि गणना गरिए यो संख्या पाँच सय ८१ पुगेको बताए । श्रेष्ठको नेतृत्वमा वीर अस्पतालमा सफल मृगौला प्रत्यारोपण सुरु गरिएको थियो । भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र सुरु हुनुअघि वीरमा ९९ जनाको सफल मृगौला प्रत्यारोपण गरिएको डा. श्रेष्ठ बताउँछन् ।
‘भक्तपुरमा मृगौला प्रत्यारोपणलाई मात्रै प्राथमिकता दिएर केन्द्र सञ्चालनमा आएपछि साढे पाँच वर्षको अवधिमा चार सय ८२ जनाको सफल मृगौला प्रत्यारोपण गर्न सक्यौं’, उनले थपे, ‘यसअघि वीर अस्पतालमा ९९ जनाको सफल मृगौला प्रत्यारोपण गरेका थियौं ।’
भक्तपुरस्थित केन्द्रले २०६९ माघदेखि मृगौला प्रत्यारोपण सुरु गरेको थियो । उक्त वर्ष १३ जनाको मात्रै मृगौला प्रत्यारोपण गरिएको केन्द्रको तथ्यांक छ ।

त्यस्तै आर्थिक वर्ष २०७०÷७१ मा २७, २०७१÷७२ मा ४१, २०७२÷७३ मा एकसय एक, २०७३÷७४ मा एकसय ३२ र २०७४÷७५ मा एकसय ५३ जनाको मृगौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले चालू आर्थिक वर्षको १५ दिनमा १५ जनाकै सफल मृगौला प्रत्यारोपण गरिएको जानकारी दिए ।
‘चालू आर्थिक वर्षको भाद्रसम्म पाँच सय जना पु¥याउने लक्ष्य रहेको छ’, उनले भने, ‘साउनको १५ दिनमा १५ जनाको मृगौला प्रत्यरोपण गर्न सकेका छौं । त्यहीं आधारमा भाद्रभित्र १८ जनाको प्रत्यरोपण गर्न गा¥हो नहोला ।’
केन्द्रले हप्तामा तीन दिन मृगौला प्रत्यारोपण गर्दै आएको छ । जसअनुसार एकदिनमा बढीमा चार जनासम्मको मृगौला प्रत्यारोपण हुने केन्द्रका वरिष्ठ सर्जन प्रा.डा. राकेश वर्मा बताउँछन् ।
उनका अनुसार ठाउँ अभावले केन्द्रले आफ्नो क्षमताभन्दा कममात्र मृगौला प्रत्यारोपण गर्दै आएको छ ।
केन्द्रमा अहिले मृगौला फेर्न करिब चार सय बिरामी प्रतिक्षासूचीमा छन् । केन्द्रमा चारवटा अप्रेसन थिएटर रहेका छन् तर मृगौला प्रत्यारोपण गरेपछि बिरामी राख्ने शय्या तथा ठाउँ अभाव रहेको केन्द्रले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!