Connect with us

BUSINESS

माघसम्ममा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन

Avatar

Published

on

भक्तपुर । भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको माघ महिनासम्म लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले माघ मसान्तसम्म करिब २ अर्ब ५१ करोड ६२ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
जुन लक्ष्यभन्दा १० प्रतिशत बढी रहेको कार्यालयका प्रमुख गगनबहादुर विकले जानकारी दिए । उनका अनुसार गत वर्ष माघ महिनामै करिब २ अर्ब ३० करोड ५२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
‘चालू आवमा करिब ४ अर्ब १७ करोड ८२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ’, प्रमुख विकले भने, ‘जसअनुसार माघसम्म लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन हुँदै आएको छ ।’
उनले गत वर्ष कोरोना भाइरस संक्रमणका कारण लक्ष्यभन्दा १६ प्रतिशत कममात्रै राजस्व संकलन भएको बताए । गत वर्ष करिब ४ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो तर करिब ३ अर्ब ३९ करोड ६८ लाख ५७ हजार रुपैयाँमात्रै संकलन भएको प्रमुख विकले जानकारी दिए ।
उनका अनुसार कार्यालयले सबैभन्दा बढी आयकर र भ्याटअन्तर्गत बढी राजस्व संकलन गर्दै आएको छ । कार्यालयले माघसम्म आयकरमात्रै करिब २० करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै व्याजकर पनि कार्यालयबाट बढी उठ्ने राजस्व रहेको उनी बताउँछन् ।
भक्तपुर जिल्लाका २९ हजार १४ करदाताबाट कार्यालयले राजस्व उठाउँदै आएको छ । जसमा ७ हजार २ सय १४ करदाता भ्याटमा दर्ता छन् ।
कार्यालय प्रमुख विकले कार्यालयबाट ५६ हजार ७ सय २४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
गत वर्ष काभ्रेको धुलिखेलमा आन्तरिक राजस्व कार्यालय स्थापना नभएसम्म भक्तपुरस्थित कार्यालयको कार्यक्षेत्र भक्तपुरसँगै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!