Connect with us

BUSINESS

भक्तपुर दरबार क्षेत्रमा रावा बैंकको एटीएम सञ्चालनमा

Avatar

Published

on

राष्ट्रिय वाण्ज्यि बैंकको एटीएम उद्घाटन गर्दै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति । तस्बिर : इन डेप्थ

भक्तपुर । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार क्षेत्रमा एटीम मेसिन सञ्चालनमा ल्याएको छ । दरबार क्षेत्रस्थित जिल्ला प्रशासन कार्यालय तथा महानगरीय प्रहरी परिसर भक्तपुरको प्रांगणमा उक्त एटीएम सञ्चालनमा ल्याइएको हो ।
बैंकले नेपाल प्रहरीको खाता सञ्चालनमा ल्याउन लागेकाले विशेषतः प्रहरी कर्मचारीहरुलाई लक्षित गरेर उक्त एटीएम सञ्चालनमा ल्याइएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार एक कार्यक्रमबीच उक्त एटीएमको उद्घाटन गरेका छन् ।
प्रमुख प्रजापतिले सरकारी बैंकहरुले नाफाघाटा भन्दा सेवालाई जोड दिनुपर्ने बताए ।
राज्यको स्वामित्वमा रहेका संस्था कमजोर भए राज्य नै कमजोर र असफल हुने उनको भनाइ थियो ।
‘सिंहदरबारभित्र नै विदेशी लगानीकर्ताले सञ्चालन गरेका बैंक सञ्चालन गरिनु चिन्ताको विषय हो’, प्रमुख प्रजापतिले भने ।
उनले पर्यटकीय क्षेत्र दरबार क्षेत्रमा एटीएम मेसिन सञ्चालनमा आएपछि स्वदेशीसँगै विदेशीले पनि सहज सेवा पाउने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी स्वामित्व भएको सर्वाधिक नाफा कमाउने संस्थामध्ये राष्ट्रिय वाणिज्य बैंक पनि एक भएको सुनाए ।
बैंकले लगानीको प्रतिफलअनुरुप गएको वर्ष १२ प्रतिशत लाभांश वितरण गरेको उनको भनाइ थियो ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भक्तपुरको कमलविनायक बैंकले थप शाखा खोलेर सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए । बैंकको भक्तपुरको सूर्यविनायक र ठिमीमा छुट्टाछुट्टै शाखा रहेका छन् । बुधबार उद्घाटन गरिएको एटीएम बैंक बाहिर भएको पहिलो एटीएम हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM