Connect with us

BUSINESS

देश विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिकाबारे चर्चा

Published

on

‘देश विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका’ विषयक गोष्ठीका सहभागी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालका ठूला उद्योगी व्यवसायीहरु सा¥है नै संकीण रहेको आरोप लगाएका छन् ।
भक्तपुर घरेलु तथा साना उद्योग संघले आइतबार साँझ गरेको ‘देश विकासमा लघु, घरेलु तथा साना उद्योगको भूमिका’ विषयक गोष्ठीमा पूर्वउद्योगमन्त्री बस्नेतले उक्त आरोप लगाएका हुन् ।
ठूला उद्योगी व्यवसायीहरुको संकीर्णताकै कारण नेपालका घरेलु तथा साना उद्योगहरु फस्टाउन नसकेको उनले जिकिर गरे ।
आफू उद्योगमन्त्री हुँदा घरेलु मदिरालाई स्वदेशी उद्योगको रुपमा प्रवद्र्धन गर्दै ब्राण्डिङ गर्न खोज्दा ठूला उद्योगी व्यवसायीहरुले भाँजो हालेको उनको भनाइ थियो ।
‘म उद्योगमन्त्री हँुँदा घरेल मदिरालाई उद्योगको रुपमा प्रवद्र्धन र ब्राण्डिङ गर्ने गरी मन्त्रालयले कार्यविधि नै तयार गरेको थियो’, प्रतिनिधिसभा सदस्यसमेत रहेका बस्नेतले भने, ‘संसदको उद्योग विकास समितिमा कार्यविधि पुगिसकेको थियो तर ठूला उद्योगी व्यवसायीहरुले उक्त समितिका तत्कालीन सभापति भीष्म आङदम्बेलाई दबाब दिएर कार्यविधि नै तुहाइदिए ।’
सभापति आङदम्बेले उक्त कार्यविधिलाई अघि नबढाउन सरकारलाई निर्देशन नै दिएको उनले स्मरण गरे ।
नेता बस्नेतले उक्त कार्यविधि तयारी अवस्थामा रहेकाले नेपाल घरेलु तथा साना उद्योग महासंघमार्फत संसदमा विधेयकको रुपमा प्रस्तुत गर्न सकिने सुझावसमेत दिए ।
उनले घरेलु तथा साना उद्योगहरु प्राथमिकतामा पर्न नसकेको स्वीकार गर्दै परम्परागत घरेलु तथा साना उद्योग सञ्चालन गर्दै आएको कालीगढ तथा व्यवसायीहरुको सीप प्रमाणीकरण गर्ने प्रक्रिया आफू मन्त्री हुँदै अघि बढाएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजंग थापाले कर्मचारीहरु फेरबदल हुने कारणले गर्दा नेपालका कुनै पनि क्षेत्रले विशेषज्ञ कर्मचारी पाउन नसकेको सुनाए ।
‘हामीकहाँ कर्मचारीले ऐन नियमहरु खेस्रा गर्ने गर्छ तर नीति बनाउने काम सांसदहरुको भनिन्छ’, उनले भने, ‘नीति बनाउने भनिएका सांसदहरुले न नीति अध्ययन नै गर्छन् न त त्यसबारे सरोकारवाला निकायसँग छलफल गरिन्छ ।’

जरिवाना बढेको थाहा छैन : प्रदेश सांसद

सांसद थापाले प्रदेश ३ भित्रका सवारी दर्ता तथा नवीकरणबारे आफूहरुले नै नीति पास गरे पनि सतप्रतिशत बढाइएको जरिवानाबारे जानकारी नै नभएको सुनाए ।
उनले नीतिमै चुकेकाले नेपालमा घरेलु तथा साना उद्योग फस्टाउन नसकिएको स्पष्ट गरे ।
‘ठूला उद्योगलाई चाहिने सम्पूर्ण कच्चापदार्थ बाहिरबाट आयात गरिन्छ’, सांसद थापाले थपे, ‘कमसेकम ठूला उद्योगलाई चाहिने कच्चापदार्थ यहींका घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु अनिवार्य प्रयोग गर्नुपर्ने नीति बनाउन सक्यौं भने साना उद्योग फस्टाउँदै जान्छ ।’
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान, सूर्यविनायक नपाकी उपप्रमुख जूना बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेमकृष्ण खर्बुजाले घरेलु तथा साना उद्योगहरु देश विकासको मेरुदण्ड भएकाले यसको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने धारणा राखे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!