Connect with us

BUSINESS

भक्तपुरमा टीभीएसको नयाँ शो रुम

Avatar

Published

on

भक्तपुर नपा १ सल्लाघारीस्थित टीभीएसको आधिकारिक शोरुम आर डी अटो ग्रुप । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर–काठमाडौं ६ लेन सडकसँगै भक्तपुर नगरपालिका १ सल्लाघारीमा दुई पांग्रे सवारीसाधन उत्पादक टीभीएसको नयाँ शो रुम सञ्चालनमा ल्याइएको छ ।
भक्तपुर दुई युवा उद्यमी आकाश श्रेष्ठ र दीपेश वेंजुले टीभीएसको आधिकारिक बिक्रेता आरडी अटो ग्रुप सञ्चालनमा ल्याएका हुन् ।
टीभीएसले उत्पादन गरेको अपाचे मोटरसाइकल अहिले अधिकांश युवाहरुको रोजाइमा पर्दै आएको छ । युवाहरुको आकर्षणलाई ध्यान राखेर टीभीएसले १५०, १६०, १८०, २०० र ३१० सीसीका अपाचे मोटरसाइकल बजारमा ल्याएको छ ।
पछिल्लो समय टीभीएस कम्पनीका मोटरसाइकल युवाहरुको रोजाईमा परेकाले भक्तपुरमा आधिकारिक शो रुम सञ्चालनमा ल्याएको सञ्चालक दीपेशले जानकारी दिए ।
उनले जेन्युइन स्पेयर पार्टससमेत पाइने शो रुममा टीभीएस कम्पनीकै दक्ष एवं तालिम प्राप्त प्राविधिकमार्फत सर्भिसिङ सेवा दिइने बताए ।
‘अरु कम्पनीका मोटरसाइकलका नक्कली स्पेयर्स पार्टस् बजार छ्यापछ्याप्ती पाइन्छन्’, अर्का सञ्चालक श्रेष्ठले भने, ‘तर अहिलेसम्म टीभीएसका त्यस्ता नक्कली स्पेयर पार्टस् आएको पाइँदैन ।’
उनले अरु शो रुमले मोटरसाइकल र स्कुटर बिक्रीलाई बढी महत्व दिने गरे पनि आरडीले बिक्री सँगसँगै त्यसको जेन्युइन स्पेयर पार्टस् र गुणस्तरीय सर्भिसिङलाई प्राथमिकता दिएका सुनाए ।
त्यहाँ सर्भिसिङको लागि पाँचवटा बे राखिएका छन् । त्यस्तै टीभीसहितको ग्राहक लन्जको व्यवस्था गरिएको छ । जसले गर्दा सवारीसाधन सर्भिसिङ हुँदै गर्दा ग्राहकले मनोरञ्जनसमेत लिन सक्नेछन् ।
शो रुमका सञ्चालक आकाश विगत ११ वर्षदेखि अटोमोबाइलको क्षेत्रमा काम गर्दै आएका उद्यमी हुन् । त्यस्तै दीपेश मिडियासँगै इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् ।
शो रुममा हालै टीभीएसले बजारमा ल्याएको नयाँ १२५ सीसीको एनटर्क स्कुटरसमेत उपलब्ध छ । स्कुटरको क्षेत्रमा एनटर्क अहिलेसम्मकै आधुनिक र सुविधाजनकसमेत रहेको दावी गरिएको छ । उक्त स्कुटरमा मोबाइल चार्ज गर्न मिल्ने व्यवस्था छ । डिकीमा छुट्टै बत्ती जडान गरिएको छ । ब्ल्यूटुथमार्फत मोबाइललाई स्कुटरमा कनेक्सन गर्न मिल्छ । जसले गर्दा यात्राको क्रममा कसले फोन गरेको हो सवारी हाँक्दै जानकारी लिन सकिन्छ । मोबाइल कनेक्ट हुने भएकाले लोकेसन म्यापमार्फत थाहा नभएको कुनै गन्तव्यमा जान सहज हुने सञ्चालक दीपेश बताउँछन् ।
उनका अनुसार स्कुटर आफैले सर्भिसिङ गर्नुपर्ने अवस्था र इञ्जिन तातेको समेत संकेत दिन्छ ।

हात खाली नजाने स्किम

शो रुमले मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहार स्किमसमेत राखेको छ । कम्पनीको घोषित स्किम नहुँदा शो रुमले आफ्नै लगानीमा १२ महिना नै स्किम व्यवस्था गरेको दीपेश बताउँछन् ।
स्क्र्याच कुपनमार्फत कम्तीमा चार हजारदेखि ५० हजार रुपैयाँसम्म उपहार पाइने उक्त स्किम आउँदो भाद्र महिनादेखि सुरु गरिने उनले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!