Connect with us

BUSINESS

भक्तपुरमा जेसीबीको आउटलेट सञ्चालन

Published

on

भक्तपुरको चुनदेवीमा जेसीबी आउटलेटको उद्घाटन गर्दै एमएडब्ल्यूका उपाध्यक्ष गोपालकुमार अग्रवाल । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा जेसीबी कम्पनीका उपकरण, पार्टपुर्जा र सर्भिससहितको आउटलेट सञ्चालनमा आएको छ । बी एण्ड के इन्टरप्राइजेजले जेसीबीको अधिकृत बिक्रेताको रुपमा आउटलेट सञ्चालनमा ल्याएको हो ।
भक्तपुर काठमाडौं ६ लेन सडकको चुनदेवीमा सञ्चालनमा ल्याइएको उक्त आउटलेटको सोमबार एक कार्यक्रमबीच जेसीबीका लागि नेपालको आधिकारिक बिक्रेता मोरङ अटो वर्कस् (एमएडब्ल्यू) का उपाध्यक्ष गोपालकुमार अग्रवालले उद्घाटन गरेका छन् । रिबन काटेर आउटलेटको उद्घाटन गरेका उनले भक्तपुरमा सञ्चालनमा आएको आउटलेट कम्पनीको १२ औं शाखा रहेको जानकारी दिए ।
उनले देशका अन्य ठाउँमा थप आउटलेट खोल्ने क्रममा रहेको बताए ।
कम्पनीले उपकरणमात्रै नबेची उपकरणका पार्टपुर्जा र त्यसको मर्मतसम्भारलाई पनि उत्तिकै जोड दिँदै आएको उनको भनाइ थियो ।
‘बिग्रिएर मर्मतको लागि उपकरण खोल्दाको अवस्था धेरै जटिल हुने भएकाले कम समयमा छिटोभन्दा छिटो मर्मत गर्नुपर्छ’, उपाध्यक्ष अग्रवालले भने, ‘त्यहीं कम समयलाई अझ कम गर्न भक्तपुरमा आउटलेट सञ्चालनमा ल्याएका हौं ।’
बी एण्ड के इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवाले भक्तपुरमा सञ्चालनमा आएको आउटलेटमा कम्पनी मूल्यमै जेसीबी उपकरण खरिदसँगै त्यसको मर्मतसम्भार र पार्टपुर्जा पाइने बताए ।
भक्तपुरमा रहेका जेसीबी उपकरणको मर्मत सम्भार तथा पार्टपुर्जा खरिदको लागि काठमाडौंसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्न आउटलेट सुरु गरिएको उनको भनाइ थियो ।
इन्टरप्राइजेजका प्रवन्ध निर्देशक केशव सुवालले आउटलेटमा जेसीबी कम्पनीका दक्ष प्राविधिकहरुबाट मर्मतसम्भारको व्यवस्था हुने जानकारी दिए ।
कार्यक्रममा जेसीबी भारतका प्रतिनिधि बालकृष्णम्ले जेसीबीले उपकरणमात्रै नबेची क्रेताहरुसँग सुमधुर सम्बन्ध कायम राख्ने गर्दै आएको बताए ।
क्रेताहरुसँग निरन्तर सम्पर्कमा रहेर उनीहरुको सुझावअनुसार उपकरणमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने गरिएको उनको भनाइ थियो ।
त्यस्तै भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बा, युसेफ नेपालका कार्यकारी निर्देशक विपीन आचार्यले भक्तपुरमा जेसीबी उपकरणको मर्मत सम्भारको सुविधा नहुँदा व्यवसायीहरुले घाटा व्यहोर्दै आएको सुनाए ।
तर भक्तपुरमा जेसीबीको आउटलेट सञ्चालनमा आएसँगै व्यवसायीहरु लाभान्वित हुने उनीहरुले विश्वास व्यक्त गरे ।
एमएडब्ल्यूका बजार व्यवस्थापन विभागका नायब महाप्रवन्धक दीपकराज गिरीले नेपालमा प्रयोग हुने हेभी इक्विपमेन्टमा जेसीबीको ८० प्रतिशत योगदान रहेको दावी गरे ।
भक्तपुरमा आउटलेट सञ्चालनमा आएसँगै उपकरण एक ठाउँमा किन्ने, मर्मतसम्भार अर्को ठाउँमा गर्नुपर्ने र पार्टपुर्जा किन्न अन्तै जानुपर्ने अवस्थाको अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!