Connect with us

BUSINESS

असोज ६ देखि सञ्चालनमा आउँदै सल्लाघारी सपिङ कम्प्लेक्स

Published

on

भक्तपुर नपा १ सल्लाघारीमा असोज ६ गतेदेखि सञ्चालनमा ल्याइने सल्लाघारी सपिङ कम्प्लेक्स । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरका ६ जना व्यवसायीले आठ करोड लगानीमा सपिङ कम्प्लेक्स सञ्चालनमा ल्याउने भएका छन् । भक्तपुर नगरपालिका १ सल्लाघारीमा पाँच हजार वर्ग मिटर क्षेत्रफलको ६ तले भवन निर्माण गरी सल्लाघारी सपिङ कम्प्लेक्स सञ्चालनमा ल्याइने भएको हो ।
कम्प्लेक्स सञ्चालक समितिले बुधबार पत्रकार सम्मेलनमा यही असोज ६ गतेबाट कम्प्लेक्स सञ्चालनमा ल्याइने जानकारी दिएको हो ।
सञ्चालक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले ६ तले भवनको भुई तलामा २३ वटा र पहिलो तलामा १७ वटा पसल कवलको व्यवस्था गरिएको बताए ।
त्यस्तै दोस्रो तलामा बैंक तथा वित्तीय संस्था, तेस्रो तलामा कम्प्लेक्सको कार्यालय र कन्सल्टेन्ट, चौथो तलामा रेस्टुरेन्ट र रुफटप कफी सप हुने उनले जानकारी दिए ।
‘भवनको अन्डरग्राउण्डमा पार्किङको व्यवस्था गरिएको छ’, अध्यक्ष खाइजूले भने, ‘बेसमेन्टमा मिनी मार्टसँगै चिया तथा खाजा पसल रहनेछन् ।’
अध्यक्ष खाइजूसँगै तीर्थमान दुमरु, तुलसीनारायण दुमरु, राधेश्याम सुवाल, रत्नलाल साँध र पुण्यराम शिवहरि मिलेर दुुई रोपनी ६ आना क्षेत्रफलमा उक्त सपिङ कम्प्लेक्स भवन निर्माण गरेका हुन् । दुईवटा भवन जोडेर एल आकारमा निर्माण गरिएको भवनमा लिफ्टको समेत व्यवस्था छ । त्यस्तै सर्वसाधारणलाई आवतजावतमा सुविधा दिन दुइटै भवनमा भ¥याङको व्यवस्था गरिएको छ ।
सञ्चालक राधेश्याम सुवालले भवनमा कार्यालय कक्षबाट सबै कन्ट्रोल हुने गरी साउन्ड सिस्टम र सीसीटीभी क्यामेरा जडान गरिएको जानकारी दिए ।
भक्तपुरबाट पुरानो ठिमी, चाँगुनारायण नपाको वडा नं १, २, ३, ४ र नगरकोट जाने सडकको चौबाटोमै कम्प्लेक्स सञ्चालनमा ल्याउन लागिएको हो ।
समितिले कम्प्लेक्समा किनमेल गर्न आउने सर्वसाधारणको लागि करिब चार लाख रुपैयाँको उपहार योजनाको व्यवस्था गरेको उनले बताए ।
उनका अनुसार एक हजार रुपैयाँको सामान किनमेल गरेपछि एउटा उपहार कुपन प्रदान गरिनेछ । कुपनहरुबाट लकी ड्र गरी यामाहा कम्पनीको स्कुटर पहिलो उपहारको रुपमा प्रदान गरिने उनी बताउँछन् ।
कम्प्लेक्सका सम्पूर्ण पसल कवलमा भाडा लागिसकेको अर्का सञ्चालक तीर्थमान दुमरुले जानकारी दिए । त्यस्तै रुफटपसहितको रेस्टुरेन्टको लागि पनि सम्झौता भइसकेको उनको भनाइ थियो ।
त्यस्तै तेस्रो तलामा जनहित बहुउद्देश्यीय उपभोक्ता सहकारी संस्थाले कार्यालय सञ्चालनमा ल्याइसकेको उनले बताए ।
कम्प्लेक्समा करिब एकसय पचास जना स्थानीयले रोजगारी पाउने सञ्चालकहरुले दावी गरेका छन् ।
स्थानीय क्षेत्रमा बजार प्रवद्र्धन तथा रोजगारी सृजना गर्दै सर्वसाधारणलाई एकैथलोबाट सबै वस्तु उपलब्ध गराउने उद्देश्यले कम्प्लेक्स सञ्चालनमा ल्याइएको उनीहरुले बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!