Connect with us

BUSINESS

कृषि सहकारी संघको अध्यक्षमा लागेजू

Published

on

भक्तपुर । जिल्ला कृषि सहकारी संघ लिमिटेडको अध्यक्षमा सनिश लागेजू निर्वाचित भएका छन् ।
संघको छैटौं वार्षिक साधारणसभाबाट लागेजू निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा राममणि न्यौपाने, सचिवमा प्रचण्डप्रकाश प्रधान र कोषाध्यक्षमा विन्द्रा लायभा निर्वाचित भए । कोषाध्यक्ष नायभा निर्विरोध हुँदा उपाध्यक्षमा राममणि र सचिव प्रचण्डप्रकाश मतदानमार्फत निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा कुलबहादुर न्हेमाफुकी, लालबहादुर पराजुली, रोहित गोर्खाली, अशोक अवाल र अम्बिका बस्नेत निर्वाचित भएका हुन् ।
त्यस्तै संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुनिता दुवाल र सदस्यद्वयमा अरुण श्रेष्ठ र रमिला कोजू सर्वसम्मत भएका छन् ।
संघका नवनिर्वाचित अध्यक्ष लागेजूले सहकारीमार्फत भक्तपुरलाई कृषि क्षेत्रमा अग्रणी बनाउने बताए ।
कृषि उत्पादनमा भक्तपुरको गौरव र परिचयलाई थप उँचो बनाउन संघ लागिपर्ने उनको भनाइ थियो ।
साधारणसभा उद्घाटन गर्दै वरिष्ठ सहकारीकर्मी कैलाशभक्त प्रधानाङले परिवर्तन व्यक्ति र संघबाटै सुरु हुनुपर्नेमा जोड दिए ।
उनले सहकारी अभियानले मात्रै गरिबी निवारण गर्ने बताउँदै गरिबी निवारण कोष स्थापना गर्न दस हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
भक्तपुरमा ९४ वटा सहकारी संस्था दर्ता भएका छन् । त्यसमध्ये ५४ वटा सहकारीमात्रै क्रियाशील देखिएको संघका निवर्तमान अध्यक्ष उत्तम सापकोटाले जानकारी दिए ।
उनका अनुसार जिल्ला कृषि सहकारी संघमा भने ३६ वटा कृषि सहकारी संघ आवद्ध छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!