Connect with us

BUSINESS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घन्टा सञ्चालनमा

Published

on

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घन्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घन्टा सञ्चालनमा आएको हो ।
सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा ल्याएको थियो ।
विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि सुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
यसअघि बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछि मात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
नजिकिएको चाडपर्व, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाई समेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा सुरु गरेको हो ।
सबैरै विमानस्थल खुलेपछि अन्तर्राष्ट्रिय उडान पनि केही समय अघि ल्याउने गरी विमानस्थलले व्यवस्थापन गर्न लागेको महाप्रबन्धक क्षेत्रीले बताए ।
उनका अनुसार अन्तर्राष्ट्रिय विमानमध्ये बिहान पहिलो अवतरण (६ः४५ बजे) गर्ने टर्किस एअरवेजको अवतरणको समय २० मिनेटअगावै हुने भएको छ ।
शनिबारदेखि विमानस्थलको टावर बिहान ५ः४० बजे नै खुल्नेछ । यसअघि ६ बजे खुल्ने गरेको थियो ।
यसअघि विमनस्थल जाडो याममा बिहान ६ः३० र गर्मी याममा बिहान ६ बजे खुल्ने गरेको थियो ।
विमानस्थलले थपेको समय राति १२ः३० देखि ३ बजेको समयमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले उडान भर्ने गरेका छन् । अन्य अन्तर्राष्ट्रिय एअरलाइन्ससँग पनि छलफल भइरहेको बताइएको छ ।
यसैबीच कतार एअरले शनिबारदेखि एक उडान थपेको छ । दोहा–काठमाडौंमा दैनिक पाँचवटा उडान भर्दै आएको कम्पनीले आगामी २७ अक्टोबरसम्म बिहान १ बजे आउने र २ बजे फर्कने विमानस्थलले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!