Connect with us

BUSINESS

१८ निकायमा आयल निगम ‘सबैभन्दा कमजोर’

Published

on

काठमाडौं । नेपाल आयल निगम सबैभन्दा कमजोर संस्थानका रुपमा रहेको देखिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिले मन्त्रालयअन्तर्गतका १८ वटा निकायमध्ये आयल निगम कमजोर देखिएको जनाएको हो ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षामा ८० प्रतिशतभन्दा कम भौतिक प्रगति भएका निकायहरुमध्ये निगम सबैभन्दा अगाडि रहेको उल्लेख छ ।
त्यस्तै ८० प्रतिशतभन्दा कम भौतिक प्रगति गरेका निकायहरुमा साल्ट ट्रेडिङको कन्ठरोग नियन्त्रण कार्यक्रम, ग्रामीण उद्यम आयोजना, केन्द्रीय कारागार कारखाना, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना छन् ।
इन्टरमोडल यातायात विकास समिति, उद्योग विभाग, वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, सडक विभाग पनि ८० प्रतिशतभन्दा कम प्रगति गरेको संस्थानको सूचीमा छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!