Connect with us

SPORTS

डीएभी र अक्षरा अन्तिम आठमा

Avatar

Published

on

जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिता । तस्बिर : इन डेप्थ

भक्तपुर । डीएभी र अक्षरा स्कुल भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार दोस्रो जीत हात पार्दै डीएभी अन्तिम आठमा पुग्न सफल भएको हो ।
शनिबार भएको लिगमा समूह डी को डीएभीले रोजबड स्कुललाई ३७ रनले हराएको हो । दुई खेलमा पराजित रोजबड र नेक्सस स्कुल लिग चरणबाटै बाहिरिएका छन् । शनिबार डीएभीले दोस्रो जीत हात पार्दा समूह डी कै अक्षरा पनि स्वतः अन्तिम आठमा पुगेको हो । उसले पनि दुई खेल जितिसकेको छ ।
शनिबार टस जितेर व्याटिङमा ओर्लेको सात विकेट बाँकी छँदै ओभर सकिँदा १२९ रन जोड्न सफल भयो । यसको लागि समीर अन्सारीले सर्वाधिक ५१ रन जोडे । उनले एक छक्का र नौ चौका प्रहार गरे । त्यस्तै आदित्य रौनियार र आदर्श अग्रवालले अविजित क्रमशः ३३ र २२ रनको योगदान दिए । आदित्यले पनि एक छक्का र दुई चौका हाने ।
बलिङतर्फ रोजबडका सम्राट लम्सालले दुई र आकाश महर्जनले एक विकेट लिए ।
दोस्रो पालीमा आएको रोजबडले २० ओभरमा नौ विकेटको क्षतिमा ९२ रनमात्रै जोड्न सक्यो । रोजबडको लागि शलिनराज सत्यालले १९ र दीव्यांशु बज्राचार्यले अविजित १३ रन बनाए ।
बलिङतर्फ डीएभीका प्रसिद्ध बज्राचार्यले तीन, उमंग महर्जन र आदित्य रौनियारले दुईदुई विकेट झारे ।
उक्त स्पर्धामा डीएभीका समीर अन्सारी म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तै शनिबार नै भएको अर्को लिगमा जेम्स स्कुलले नेपाल प्रहरी स्कुललाई आठ रनले पाखा लगाएको छ । यो हारसम्म नेपाल प्रहरी स्कुल लिग चरणबाटै बाहिरिएको छ ।
टस जितेर व्याटिङमा ओर्लेको जेम्सले २० ओभरमा आठ विकेटको क्षतिमा ८० रन जोडेको थियो । उसको लायि अर्पण अधिकारीले अविजित २५ रन जोडे । आइस भट्टराईले ११ रनको योगदान दिए ।
बलिङतर्फ नेपाल प्रहरीका अस्मित शाह र रोजन पालले एकएक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको नेपाल प्रहरी १८.४ ओभरमा आलआउट हुँदै ७२ रनमा समेटिँदा नतिजा जेम्सको पक्षमा गएको हो । नेपाल प्रहरीको लागि आर्जन भट्टराईले १९ र आयुष दाहालले १२ रनको योगदान दिए ।
बलिङतर्फ जेम्सका आइस भट्टराई र आयुष उपाध्यायले दुईदुई विकेट लिए ।
उक्त खेलमा जेम्सका आइस भट्टराई म्यान अफ दी म्याच घोषित भए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com