Connect with us

SPORTS

आयोजक सैनिक र ग्यालेक्सी क्वार्टरफाइनलमा

Avatar

Published

on

अक्षरा र नेक्ससबीचको खेलमा म्यान अफ दी म्याच बन्न सफल अक्षराका एलेक्स अधिकारी । तस्बिर : इन डेप्थ

भक्तपुर । आयोजक सैनिक आवासीय महाविद्यालय र ग्यालेक्सी पब्लिक स्कुल भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शुक्रबार केएमसी स्कुललाई पाँच विकेटले हराउँदै ग्यालेक्सीले क्वार्टरफाइनलको यात्रा निश्चित गरेको हो ।
टस जितेर व्याटिङ रोजेको केएमसीले १९ ओभरमा अलआउट हुँदा ७७ रनमात्रै बनाउन सक्यो । उसको लागि सानिध्य आचार्यले चार चौका प्रहार गरेर २३ रन जोडे । अरु व्याट्सम्यानले दुई अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ ग्यालेक्सीका युनिष गिरी एक्लैले चार विकेट लिए । त्यस्तै ऋतिकराज गुप्ता र असीम केसीले एकएक विकेट झारे ।
जवाफी व्याटिङमा ओर्लेको ग्यालेक्सीले १०.२ ओभरमा मात्र ५ विकेटको क्षतिमा ७८ रनको लक्ष्य पूरा ग¥यो । विजेता ग्यालेक्सीको असीम केसीले १९, हृतिकराज गुप्ताले १० र संगम क्षेत्रीले ९ रनको योगदान गरे । उक्त स्पर्धामा ग्यालेक्सीका युनिष गिरी म्यान अफ दी म्याच घोषित भए ।
लगातार दुई खेलमा हारेको केएमसी स्कुल प्रतियोगिताबाटै बाहिरिएको छ । ग्यालेक्सीसँगै पहिलो खेलमा केएमसीलाई हराएको आयोजक सैनिक पनि क्वार्टरफाइनलमा पुगेको छ । समूह ए का सैनिक र ग्यालेक्सीबीच हुने लिगले समूह विजेता र उपविजेताको निर्णय गर्नेछ ।
शुक्रबार नै भएको अर्को खेलमा अक्षरा स्कुलले नेक्सस इन्टरनेसन एकेडमीलाई ७९ रनले हराएको छ ।
टस जितेर व्याटिङ गरेको अक्षराले १९.४ ओभर खेल्दा अलआउट भएर १४२ रनको योगफल तयार गरेको थियो । उसको लागि स्वप्निल कार्कीले पाँच चौकाको मद्दतमा ३० रन जोडे । प्रनिल कायस्थले एक छक्का र दुई चौका प्रहार गरेर २२ रन बनाए । त्यस्तै श्रय शाक्यले एक चौका हानेर १३ रनको योगदान दिए ।
बलिङतर्फ नेक्ससका आशीष सुनुवार एक्लैले पाँच विकेट लिए । सौरभ कार्कीले २ र विधान महतले एक विकेट झारे ।
जवाफी व्याटिङमा आएको नेक्ससले तीन विकेट बाँकी छँदै ओभर सकाएर ६३ रनमात्रै जोड्न सक्यो । जसले गर्दा नतिजा अक्षरालाई सम्पन बाध्य भयो ।
नेक्ससको लागि आशीष सुनुवारले सर्वाधिक २५ रन बनाए । उनले तीन चौकासमेत हाने तर अन्य व्याटस्म्यानले दुई अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ अक्षराका एलेक्स अधिकारीले तीन विकेट लिएर म्यान अफ दी म्याच बन्न सफल भए । त्यस्तै आदित्य सुवेदीले दुई र श्रय शाक्यले एक विकेट झारे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com