Connect with us

SPORTS

मोक्क्षदा र आयोजक सैनिकको जीत

Avatar

Published

on

जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगितामा म्यान अफ दी म्याच बन्न सफल मोक्क्षदाका रोहित शर्मा । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी स्कुलमाथि मोक्क्षदा स्कुलले जीत दर्ता गरेको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत मंगलबार भएको लिग खेलमा मोक्क्षदाले नेपाल प्रहरीलाई ६ विकेटले हराएको हो ।
टस जितेर व्याटिङ रोजेको नेपाल प्रहरीले २० ओभरमा नौ विकेटको क्षेत्रमा ११८ रनको योगफल तयार गरेको थियो । उसको लागि प्रज्ज्वल सापकोटाले २९, सीतोसन यादवले २३ र आर्जन भट्टराईले पनि २३ रनको योगदान दिए ।
बलिङतर्फ मोक्क्षदाका निश्चल वाग्ले र रोहित शर्माले एकएक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको मोक्क्षदाले १८.३ ओभरमा मात्र चार विकेटको क्षतिमा ११९ रनको लक्ष्य भेटाएको थियो । उसको लागि शिवकुमार यादवले ३२, रोहित शर्माले ३० र गौरव वाग्लेले अविजित २८ रन जोड ।
बलिङतर्फ नेपाल प्रहरीका अस्मित शाहले मात्रै दुई विकेट लिए । उक्त स्पर्धामा मोक्क्षदाका रोहित शर्मा म्यान अफ दी म्याच घोषित भए ।
मंगलबार नै भएको अर्को खेलमा आयोजक सैनिकको बी टीमले युनाइटेड स्कुललाई ६६ रनले हरायो । टस जितेको सैनिकले व्याटिङ गर्दै १९ ओभरमा अलआउट हुँदै १०१ रन जोड्यो ।
उसको लागि ध्रुव विष्टले २१, कृष्ण गुप्ताले १८ र सौरभ अधिकारीले १२ रनको योगदान दिए ।
बलिङतर्फ युनाइटेडका पियुष दुवे, विभूषण शाह र अंकित कर्णले दुईदुई विकेट लिए ।
जवाफी व्याटिङमा आएको युनाइटेड १०.५ ओभरमा ३५ रन जोड्दै अलआउट भएपछि नतिजा सैनिकको पक्षमा गएको हो । बलिङतर्फ सैनिकका ध्रुव विष्ट एक्लैले युनाइटेडका चार विकेट लिए । जसको कारण उनी उक्त स्पर्धाको म्यान अफ दी म्याचसमेत घोषित भए । सैनिकका सौरभ अधिकारीले दुई र प्रशान्त थापाले एक विकेट लिए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका १३ विद्यालयका १४ वटा टीमको सहभागिता रहेको छ । आयोजक सैनिकका दुई टीमले प्रतिस्पर्धा गर्दैछन् । विद्यालयस्तरमा सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले भने पचास हजार रुपैयाँ जित्नेछ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com