Connect with us

SPORTS

उपाधिको लागि स्प्रिंगडेल र नवदुर्गा भिड्ने

Avatar

Published

on

अन्तरविद्यालय भलिबल प्रतियोगितामा सैनिकविरुद्ध सट प्रहार गर्दै स्प्रिंगडेलका स्पाइकर । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । प्रथम सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि स्प्रिंगडेल स्कुल र नवदुर्गा कलेज भिड्ने भएका छन् ।
भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा जीत दर्ता गर्दै स्प्रिंगडेल र नवदुर्गाले उपाधि भिडन्त पक्का गरेका हुन् ।
स्प्रिंगडेलले आयोजक सैनिकलई २५–१५, २५–११ र २५–१३ को सोझो सेटमा पन्छाएको हो । विद्यालयस्तरीय भलिबलमा जिल्ला च्याम्पियन रहँदै आएको स्प्रिंगडेलसामु सैनिक स्कुलका खेलाडी टिक्न सकेनन् ।
शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा नवदुर्गाले पद्म स्कुललाई २५–११, २५–१९ र २५–१९ को सोझो सेटमा हराउँदै अन्तिम दुईमा पर्न सफल भएको हो ।
विद्यालयस्तरीय भलिबलमा पद्म पुरानो टीम हो तर नवदुर्गाले यसै वर्षमात्रै भलिबल प्रतियोगितामा सहभागिता जनाएको हो । सुरुवाती वर्षमै नवदुर्गाले भलिबलमा राम्रो प्रगति गरेको छ ।
प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण आइतबार हुने आयोजक सैनिक स्कुलका खेलकुद संयोजक रणजीत राणाले जानकारी दिए ।
काठमाडौं उपत्यकासँगै काभ्रेका गरी नौ विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद हात पार्नेछन् ।
निरन्तर रुपमा क्रिकेट र फुटबलको विद्यालयस्तरीय प्रतियोगिता गर्दै आएको सैनिकले यसै वर्षदेखि भलिबल प्रतियोगितासमेत सुरु गरेको हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com