Connect with us

SPORTS

सैनिकद्वारा ब्रिजवाटर कप कब्जा

Avatar

Published

on

ब्रिजवाटर कप फुटबलको विजेता सैनिक आवासीय महाविद्यालयका खेलाडी तथा अफिसियल । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको सैनिक आवासीय महाविद्यालयले ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि चुमेको हो ।
च्याम्पियन बन्न सफल सैनिक उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । साइपाल एकेडेमी पचास हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउन बाध्य भयो ।
जिल्लाको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको फाइनलमा सैनिकको जीतको लागि बिश्रान्त बस्नेतले दुई गोल गरे । अर्को गोल भने कप्तान पुकार भण्डारीले थपे ।
फाइनलको म्यान अफ दी म्याच बन्न सफल विश्रान्त समग्र उत्कृष्ट डिफेन्डर घोषित भए । त्यस्तै प्रतियोगिताभर एउटा पनि गोल नखाएका सैनिककै गोलरक्षक आशिष बस्नेतले उत्कृष्ट गोलकिपरको उपाधि जिते ।
सैनिककै कमल गुरुङ उत्कृष्ट मिल्ड फिल्डर हुँदा बाबुकाजी धौबञ्जार उत्कृष्ट कोच घोषित भए ।

ब्रिजवाटर कप फुटबलको उपविजेता साइपाल एकेडेमीका खेलाडी तथा अफिसियल ।

उपविजेता साइपालका सञ्जीव लामा सर्वोत्कृष्ट खेलाडी बने । आयोजक ब्रिजवाटरका प्रजन राई उत्कृष्ट स्ट्राइकर घोषित हुँदा भक्तपुरको आदर्श जनप्रेमी स्कुल अनुशासित टीमले पुरस्कृत भयो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीमसँगै उत्कृष्ट खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विक, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ वटा स्कुल तथा कलेजहरुको सहभागिता रहेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com