Connect with us

SPORTS

ब्रिजवाटर र सैनिक अन्तिम चारमा

Avatar

Published

on

बलको लागि घम्साघम्सी गर्दै आयोजक ब्रिजवाटर (निलो जर्सी) र माइलस्टोनका खेलाडी । तस्बिर : इन डेप्थ

भक्तपुर । आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेज र सैनिक आवासीय महाविद्यालय भक्तपुरमा जारी ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएका छन् ।
जिल्लाको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सोमबार भएको क्वार्टरफाइनलमा आयोजक ब्रिजवाटरले माइलस्टोन कलेजलाई २–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा निश्चित गरेको हो ।
विजेता ब्रिजवाटरको लागि चन्द्रबहादुर बोहोरा र सुमन गौतमले गोल गरेका थिए । माइलस्टोनले एक गोल भने ब्रिजवाटरबाटै आत्मघाती गोलको रुपमा उपहार पाएको थियो । उक्त स्पर्धामा विजेता ब्रिजवाटरका रोशनसिंह विष्ट म्यान अफ दी म्याच घोषित भए ।
अर्को क्वार्टरफाइनल खेलमा सैनिकले ब्राइट फ्युचरलाई ३–० गोलले हरायो । विजेता सैनिकका लागि कप्तान पुकार भण्डारी, सर्वोच्च राई र कमल गुरुङले एकएक गोलको योगदान गरे ।
उक्त स्पर्धामा सैनिकका सर्वोच्च राई उत्कृष्ट खेलाडीले पुरस्कृत भए ।
प्रतियोगिताअन्तर्गत सोमबार नै प्रि–क्वार्टरफाइनलको अन्तिम खेल भयो । भक्तपुरको विनायक शिक्षा निकेतन र ललितपुरको लिटिल एञ्जेन्स स्कुलबीच भएको उक्त खेलमा लिटिल एञ्जेल्सले कठिन जीत निकाल्यो । निर्धारित ८० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएको थियो । नतिजाको लागि भएको टाइब्रेकरमा लिटिल एञ्जेल्सले विनायक शिक्षा निकेतनलाई ४–३ गोलले जीत हात पारेको थियो ।
उक्त स्पर्धामा लिटिल एञ्जेल्सका गोलरक्षक सुरज चन्द म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ वटा स्कुल तथा कलेजहरुको सहभागिता रहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com