Connect with us

SPORTS

शारीरिक सुगठनको अध्यक्षमा मानन्धर निर्विरोध निर्वाचित

Avatar

Published

on

चौथो अधिवेशनबाट निर्वाचित भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका पदाधिकारीलगायत । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा पुनः बाबुकाजी मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।
संघको शनिबार सम्पन्न चौथो अधिवेशनले चार वर्षे कार्यकालको लागि मानन्धरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
जसअनुसार प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मानन्धर र द्वितीय उपाध्यक्षमा हरि द्वारे, सचिवमा प्रेमकृष्ण श्रेष्ठ, सहसचिवमा जोन्सन जोन्छे, कोषाध्यक्षमा अशोक घजु र सहकोषाध्यक्षमा सुनिल तज रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रमेश सुवाल, रोशन मानन्धर, रमेश प्याथ, किशोर सुवाल, सञ्जय मानन्धर, किशोर मानन्धर र रमेश कुटुवा पनि निर्विरोध निर्वाचित भए । रमेश प्रजापति, राजकुमार कुस्मा, विक्रम धुख्वा, शर्मिला साख, रञ्जना सितिखु, सञ्जय गसी श्रेष्ठ र कृष्णगोपाल तमी पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
संघको चौथो अधिवेशन उद्घाटन गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले देशको लागि अन्तर्राष्ट्रिय पदक ल्याए पनि शारीरिक सुगठन सरकारको प्राथमिकतामा पर्न नसकेको बताए ।
उनले पछिल्लो समय शारीरिक सुगठनमा महिला खेलाडीहरुको समेत आकर्षण बढेको सुनाए ।
भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघका नवनिर्वाचित अध्यक्ष मानन्धरले भक्तपुरमा शारीरिक सुगठन खेलको थप विकास र विस्तारको लागि नगरस्तरीयदेखि जिल्लास्तरीय प्रतियोगिताहरुलाई निरन्तरता दिने वचन दिए ।
उनले भक्तपुरमै यस खेलका प्रशिक्षक तथा निर्णायकहरुको तालिमसमेत सञ्चालन गर्न पहल गर्ने बताए ।
संघले भक्तपुरमा शारीरिक सुगठनतर्फ मिस्टर भक्तपुर र मिस्टर भ्यालीको निरन्तर आयोजना गर्दै आएको छ । यसैवर्ष महिलातर्फ समेत मिस फिजिक्स भक्तपुर आयोजना गरेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com