Connect with us

SPORTS

सैनिक कप अन्तरविद्यालय फुटबल : बुधबारदेखि क्वार्टरफाइनलका खेल

Avatar

Published

on

१८ औं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबलमा बलको लागि घम्साघम्सी गर्दै खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा जारी अठारौं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत मंगलबार लिग चरणमा सम्पूर्ण स्पर्धा सकिएसँगै क्वार्टरफाइनल पुग्ने सम्पूर्ण टीमको टुंगो लागेको हो ।
मंगलबार भएका लिग खेलबाट समूह ए बाट सैनिकको रिपमर्दिनी स्कुल, समूह सी बाट जेम्स र समूह डी बाट बुढानिलकण्ठ स्कुलले क्वार्टरफाइनलको यात्रा गरेका हुन् ।
रिपुमर्दिनीले त्रियोग स्कुललाई २–१ गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । त्यस्तै काठमाडौं भ्यालीलाई ४–० गोलले पन्छाउँदै जेम्स स्कुल समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो ।
अर्को खेलमा लिटिल एञ्जेन्ससँग ३–१ गोलले पराजित भएर पनि बुढानिलकण्ठ स्कुलले क्वार्टरफाइनलको यात्रा तय गरेको छ । लिटिल एञ्जेल्स समूह विजेता बन्दा बुढानिलकण्ठ उपविजेत ाबनेको हो ।
बुधबार प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलका सम्पूर्ण खेल हुने आयोजक सैनिकका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए ।
उनका अनुसार पहिलो क्वार्टरफाइनलमा आयोजक सैनिकको ए टीम र जेम्स स्कुल आमनेसामने हुनेछन् । त्यसपछि साइपला एकेडेमी र बुढानिलकण्ठ तथा नेपाल प्रहरी स्कुल र रिपुमर्दिनी स्कुलबीच स्पर्धा हुनेछ । अन्तिम क्वार्टरफाइनलमा लिटिल एञ्जेल्सले आयोजक सैनिकको बी टीमको सामना गर्ने उनले बताए ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १४ स्कुलको सहभागिता रहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com