Connect with us

SOCIAL

भक्तपुरका संक्रमित कुवेतबाट फर्किएका पुरुष

Avatar

Published

on

Web Picture

भक्तपुर । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भक्तपुरमा कोरोना भाइरस संक्रमित एकजना पुरुष थपिएको छ । सोमबार थपिएका संक्रमित हालै कुवेतबाट फर्किएका भक्तपुरकै स्थानीय रहेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले पछिल्लो संक्रमित जिल्लाको चाँगुनारायण नगरपालिका ४ चाँगुनारायण निवासी ३० वर्षीय पुरुष रहेको जानकारी दिए ।
उनका अनुसार कुवेतबाट फर्किएपछि उनी मध्यपुर थिमिको एक होटलमा सेल्फ क्वारेन्टाइनमा बसेका थिए । विदेशबाट फर्किएकाले आफूमा संक्रमण भए नभएको परीक्षण गर्न स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई सोमबार नै पाटन अस्पतालको आइसोलेसनमा लगिएको प्रमुख मिजारले जानकारी दिए ।
यससँगै भक्तपुरमा संक्रमितको संख्या २५ पुगेको छ । यो संख्या स्वास्थ्य मन्त्रालयले भक्तपुर जनाएर सार्वजनिक गरेको हो । भक्तपुरका स्थानीय भने ६ जनामात्रै रहेका छन् । बाँकीमध्ये ९ जना कुवेतबाट फर्किएका, ४ जना यूएईबाट फर्किएका र अरु ६ जना जिल्ला बाहिरका छन् ।
संक्रमितमध्ये आठजना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार घर फर्किने संक्रमितमध्ये तीनजना स्थानीय छन् । भक्तपुर जनिएर संक्रमण पुष्टि गरिएका चितवन निवासी एकजना पुरुषले ज्यान गुमाएका छन् । १६ जना उपचारको लागि आइसोलेसनमा छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com