Connect with us

SOCIAL

आपसी विवाद हुँदा साथीको हत्या

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरमा आपसी झगडा हुँदा साथीको हत्या गरेका छन् ।
सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई हाल भक्तपुर नपा ४ गहिटी क्षेत्रमा मजदुरी काम गर्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले आपसी विवाद हुँदा साथी कृष्ण तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले आपसी विवाद हुँदा इन्द्रबहादुरले कृष्णको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान गहिटीस्थित सार्वजनिक पाटीमा कृष्ण मृत अवस्थामा फेला परेका थिए ।
अन्दाजी ४५ वर्षका कृष्णको ठेगाना खुलेको छैन । ५ फिट २ इन्च उचाइ भएका उनी गहुँगोरो वर्णका थिए । उनले निलोमा सेतो धर्सा भएको टीसर्ट, कालो पाइन्ट, सेतो रंगको मोजा लगाएका थिए ।
मृतक कृष्णको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएपछि हत्या आशंकामा प्रहरीले अनुसन्धान गर्दा इन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेको उनको भनाइ थियो ।
कृष्णको शवप्रहार गरी कर्तब्य गरी मारेको भन्ने खुल्न आएको हुँदा निजलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको ।
भक्तपुरको भक्तपुर नगरपालिका ४ गहिटीस्थित सार्वजनिक पाटीमा सोमबार एक पुरुष मृत फेला परेका छन् ।
स्थानीयका अनुसार मृतक कृष्ण जडिबुटी उपनामले चिनिन्थे । सोमबार बिहानै उनी मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै परिसरबाट प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट प्रहरी निरीक्षक किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले अनुसन्धान गर्दा कृष्णको कर्तव्य गरी मारिएको कुरा खुल्न आएको हुँदा तत्काल कर्तव्य गरी मार्ने अभियुक्तहरुलाई खोजतलास गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार खोजतलास गर्दै जाँदा इन्द्रबहादुर पक्राउ परेका थिए । प्रहरीसँगको बयानमा उनले कृष्णको हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
पक्राउ परेका इन्द्रबहादुरलाई भक्तपुर परिसरमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com