Connect with us

SOCIAL

गोठभित्रै जले तीन गाई र एक बाच्छा

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलका पार्वती थापाको गोठमा आगलागी हुँदै तीन गाई र एक बाच्छा जलेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार राती जस्ताले बारेको एकतले कच्ची गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा जलेर मरेका हुन् ।
गोठ बाहिर कुडो पकाउने चुलोको आगो राम्ररी ननिभाउँदा गोठ जलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले आगलागीबाट अन्दाजी चार लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको बताए ।
राती भएको आगलागीबारे महानगरीय प्रहरी वृत्त जगातीलाई बिहीबार बिहानमात्रै खबर गरिएको थियो । खबर प्राप्त हुनासाथ वृत्तबाट घटनास्थलमा प्रहरी टोली पुगेको थियो । प्रहरीका अनुसार गाई धनीले गोठमा आगो लागेको धेरै समयपछि मात्रै चाल पाएका थिए । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com