Connect with us

SOCIAL

निशानको ठक्करबाट घाइते बालकको मृत्यु

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका ९ च्याम्हासिंहमा निशान ट्रकको ठक्करबाट गएराति एक बालकको ज्यान गएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार च्याम्हासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नम्बरको निशान ट्रकले ठक्कर दिँदा घाइते भएका भक्तपुर नपा १० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजुको उपचारको क्रममा ज्यान गएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले निशान ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मकाजूको ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जानकारी दिए ।
घाइते मकाजूलाई तत्काल उद्धार गरी भक्तपुर नपाले सञ्चालन गर्दै आएको जनस्वास्थ्य सेवा केन्द्रमा प्राथमिक उपचार गरिएको थियो । ‘थप उपचारको लागि बीएण्डबी अस्पताल पठाइएको थियो’, प्रनाउ गिरीले भने, ‘त्यहीं उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।’
दुर्घटना गराउने सवारीसाधन र सवारी चालक रोल्पाको रुम्तीगढी गाउँपालिका १ घर भई हाल भक्तपुरको सूर्यविनायक नपा १० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com