Connect with us

SOCIAL

डोलेश्वर पुगेका साधुसन्तलाई बिदाई

Avatar

Published

on

शिवरात्रि मेला भर्न डोलेश्वर महादेव मन्दिरमा पुगेका साधुसन्त । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेला भर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।
केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले उनीहरुलाई बिदार्ई गरेको हो । समितिका अनुसार यस वर्ष डोलेश्वरमा तीन सय साधुसन्त शिवरात्रि मेला भर्न सिपाडोल पुगेका थिए ।
समितिका सचिव विश्वराम थापाले डोलेश्वर पुगेका साधुसन्तलाई चार वर्गमा बाँडेर दक्षिणासहित शनिबार बिदाई गरिएको जानकारी दिए ।
उनका अनुसार क वर्गका साधुसन्तलाई एक हजार एक सय पाँच, ख वर्गलाई सात सय पाँच, ग वर्गलाई पाँच सय पाँच र वर्गविहीनलाई तीन सय पाँच रुपैयाँ दक्षिणा, एक थान कम्बल र एक थान धोतीसहित बिदाई गरिएको छ । यसअघि शिवरात्रिको दिन विभिन्न दाताहरुले साधुसन्तलाई छाता, जुत्ताचप्पल, खाद्यान्नलगायत दान गरेको सचिव थापाले बताए ।
शिवरात्रिको मेला भर्न डोलेश्वर पुगेका साधुसन्तलाई समितिले भोजन तथा प्रसादीको व्यवस्थासमेत गरेको थियो । गत वर्ष भने दुई सय पचास साधुसन्त डोलेश्वर पुगेका थिए । प्रचारप्रसार बढेपछि पछिल्लो समय शिवरात्रि मेला भर्न डोलेश्वर पुग्ने साधुसन्तको संख्या पनि वर्सेनि बढिरहेको समितिले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com