Connect with us

SOCIAL

भक्तपुरमा थाइल्याण्डका भिक्षुसहितको धम्मयात्रा

Avatar

Published

on

मुनि विहारबाट निकालिएको धम्मयात्रा भक्तपुर नगर परिक्रमा गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । थाइल्याण्डबाट आएका भिक्षु तथा भिक्षुणीहरुको सहभागितामा आइतबार भक्तपुरमा धम्मयात्रा गरिएको छ ।
भक्तपुर नगरपालिका ७ इनाचोस्थित मुनि बिहारबाट सुरु भएको यात्राले भक्तपुर नगर परिक्रमा गरेको थियो । बौद्धहरुको गुँला बाजासहितको धम्मयात्रा मुनि बिहारबाट गोल्मढी, सुकुलढोका, क्वाछें, टौमढी, गःहिटी, नासमना, वंशगोपाल हुँदै दूधपाटीमा समापन गरिएको थियो ।
धम्मयात्रामा मुनि बिहारमा रहेका भिक्षु तथा भिक्षुणीसँगै भक्तपुरका बौद्ध धर्मावलम्बीहरुको सहभागिता रहेको थियो । मुनि बिहारमा बौद्ध धर्मसम्बन्धी प्रवज्या गर्न आएका थाइल्याण्डका भिक्षु तथा भिक्षुणी उक्त धम्मयात्रामा सहभागी भएका थिए । उनीहरु थाई इन्डोचाइना मैत्री संघको तर्फबाट भक्तपुरस्थित मुनि विहारमा आएको मुनि विहारका सहयोगी सुरेन्द्रराज शाक्यले जानकारी दिए ।
उनका अनुसार मुनि विहारमा बौद्ध धर्म अँगाल्ने तथा भिक्षु बनेका विद्यार्थीहरुलाई थाइल्याण्डमा उच्च शिक्षा अध्ययनको गर्ने व्यवस्थासमेत गर्दै आएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com