Connect with us

SOCIAL

भक्तपुर दरबार क्षेत्रमा टेकोमुनि मनाइयो भूकम्प सुरक्षा दिवस

Avatar

Published

on

भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबारमा लगाइएको टेकोमुनि आयोजित २२ औ भूकम्प सुरक्षा दिवस । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयको भवन अझै टेकोमा अडिएको छ । २०७२ सालको बैशाख १२ को महाभूकम्प तथा त्यपछिका परकम्पले क्षति पु¥याएपछि उक्त भवनमा टेको लगाइएको हो ।
उक्त भवन मल्लकालीन सिंहध्वाका दरबार हो । १९९० सालको भूकम्पमा पनि उक्त दरबार भत्किएको थियो । भूकम्पपछि पुनर्निर्माण गरिएको उक्त दरबार चार वर्षअघिको भूकम्पले पनि क्षति पु¥याएपछि टेकोले अड्याइएको हो ।
भूकम्प आएको चार
बिहीबार त्यहीं दरबारमा लगाइएको टेकोमुनि राष्ट्रिय भूकम्प दिवस मनाइएको छ । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह बिहीबार भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबारको टेकोमुनि आयोजना गरिएको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो । कार्यक्रम चल्दै गर्दा सहभागी सर्वसाधारण सिंहध्वाका दरबारमा लगाइएको टेकोमुनि निर्धक्क बसिरहेका थिए । कार्यक्रममै भूकम्प आउँदा सुरक्षित हुने विधि ‘घुँडा टेकी गुडुल्की, ओत लागि समात’ प्रदर्शन गरिएको थियो ।
पुरातत्व विभाग र भक्तपुर नगरपालिकाबीच कुरा नमिल्दा उक्त दरबार टेकोमै अडिएको हो । विभागले उक्त दरबार पुनर्निर्माणको लागि पाँच करोड रुपैयाँ विनियोजन गरेर ठेकेदारसमेत छनोट गरिसकेको थियो । विभागले दरबारको पश्चिमी र भक्तपुर नपाले पूर्वी भागको पुनर्निर्माण गर्ने सहमति गरेका थिए । भक्तपुर नपाले आफ्नो जिम्मामा परेको पूर्वी भाग मल्लकालीन शैलीमै बनाउने भने पनि पश्चिमी भागको पुनर्निर्माण रोकिँदै आएको हो । दरबारको पूर्वी भाग १९९० को भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा युरोपेली शैलीमा निर्माण गरिएको थियो । पश्चिमी भाग भने मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको थियो ।
भक्तपुर नपाले पश्चिमी भागको पुनर्निर्माण ठेक्कामा नदिई उक्त रकम आफ्नो खातामा राख्न जोड दिएपछि उक्त दरबारको टेको हट्न नपाएको हो । भक्तपुर नपाले भने बजेट अभावको कारण आफ्नो जिम्मामा परेको पूर्वी भाग पुनर्निर्माण गर्न नसकेको बताउँदै आएको छ ।

कमजोर संरचनाले बढी क्षति : गृहमन्त्री थापा

२२ औ भूकम्प सुरक्षा दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कमजोर निर्माणको कारण नै भूकम्पमा बढीभन्दा बढी क्षति हुने गरेको बताए ।
उनले विगतका भूकम्पको सिकाइबाट आत्मसमीक्षा गर्दै सुरक्षित निर्माण अबको आवश्यकता भएको स्पष्ट पारे ।
‘विपद् व्यवस्थापन नीति, ऐन, नियम, कार्यविधि लागू भइसकेको छ । स्थानीय तह सञ्चालन ऐनमा समेत विपद् व्यवस्थापनबारे स्पष्ट गरिसकेको छ’, गृहमन्त्री थापाले भने, ‘त्यसैले स्थानीय तहले भूकम्प प्रतिरोधात्मक संरचना र उत्थानशील समाज निर्माणमा विशेष ध्यान दिनुपर्छ ।’
विपद्ले कूल गार्हस्थ उत्पादनमा १.५ प्रतिशत नोक्सानी गरिरहेको उनको भनाइ थियो ।
गृहमन्त्री थापाले भूकम्पपछिको पुनर्निर्माण करिब ७५ प्रतिशत सकिएको जानकारी दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पबाट सुरक्षित घर निर्माणको सुनिश्चित गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
उनले आफ्नो क्षेत्रभित्र बनेका संरचनाको अनुगमन गर्न स्थानीय तहहरुलाई आग्रह गरे ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारी दुवै आवश्यक भएको बताए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या विपद्को हिसाबले चुनौतीपूर्ण भएको बताए ।
गुणस्तरीय एवं भूकम्प प्रतिरोधी निर्माणको लागि तीन तहका सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ थियो ।
भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण गर्दै आएको जानकारी दिए ।
भक्तपुर दरबार क्षेत्रमा भएको मूल समारोहअघि भक्तपुरका दुई ठाउँबाट छुट्टाछुट्टै ¥याली निकालिएको थियो । -यालीमा सुरक्षाकर्मीहरुको सांगीतिक ब्याण्ड, स्थानीय बाजागाजा टोलीको सहभागिता रहेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com