Connect with us

HEALTH

ग्लोबल फन्डमा सहयोग बढाउन चीनलाई आग्रह

Avatar

Published

on

ग्लोबल फन्डमा सहयोग बढाउन विश्वको दोस्रो आर्थिक शक्ति बन्न सफल चीनलाई आग्रह गरिँदै । तस्बिर तथा भिडियो : इन डेप्थ

काठमाडौं । एचआईभी, टीबी, मलेरिया उपचारको लागि ग्लोबल फन्डमा सहयोग बढाउन विश्वको दोस्रो आर्थिक शक्ति बन्न सफल चीनलाई आग्रह गरिएको छ ।
चीन दोस्रो आर्थिक शक्ति राष्ट्र भए पनि ग्लोबल फन्डमा बढी सहयोग गर्ने सूचीमा १८ औं स्थानमा रहेको छ ।
उसले आफूले कबुल गरेको सहयोग रकमसमेत ग्लोबल फन्डमा जम्मा गरेको छैन । त्यसैले चीनलाई ग्लोबल फन्डमा आर्थिक सहयोग बढाउन एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपाल र राष्ट्रिय एचआईभी महासंघ नेपाल (एनएपीएन) ले संयुक्त रुपमा आग्रह गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको आशन्न नेपाल भ्रमणका क्रममा एएचएफ नेपाल र एनएपीएनले उक्त मागपत्र नेपालस्थित चिनियाँ राजदूतावासमा बुझाउने भएका छन् ।
एएचएफ नेपाल र एनएपीएनले राजधानीमा एक कार्यक्रम गरी नेपालका लागि चिनियाँ राजदूतलाई बुझाउने उक्त मागपत्रमा हस्ताक्षर कार्यक्रम गरेका छन् । उक्त मागपत्रमा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेल र एनएपीएनका अध्यक्ष राजेश दिदियाले हस्ताक्षर गरेका हुन् ।


हस्ताक्षर कार्यक्रममा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक ढुंगेलले चीनलाई यस वर्षको अक्टोबरभित्र करिब एक बिलियन अमेरिकी डलर ग्लोबल फन्डमा जम्मा गर्न आग्रह गरे ।
उनका अनुसार ग्लोबल फन्डमा जम्मा आठ वटा देशले सहयोग गर्दै आएका छन् । जसमा जापान पहिलो नम्बरमा पर्छ । चीनले आफ्नो आर्थिक विकासको आधारमा एसियाको पहिलो मुलुक बन्ने अवसर आएको उनको भनाइ थियो ।
त्यस्तै एनएपीएनका अध्यक्ष दिदियाले ग्लोबल फन्डमा यसैवर्ष चीनबाट छैटौंपटकको आर्थिक सहयोग गर्नुपर्ने र उक्त सहयोग बढीभन्दा बढी हुनुपर्ने स्पष्ट पारे ।

Posted by ईश्वरकाजी खाइजू on Friday, October 4, 2019

यो सहयोग विश्वकै एचआईभी संक्रमितहरुको जीवनको लागि अति महत्वपूर्ण हुने उनको भनाइ थियो ।

Posted by ईश्वरकाजी खाइजू on Friday, October 4, 2019

एक तथ्यांकअनुसार चीनमा एक लाख ३७ हजार ९५ जना एचआईभी संक्रमितलाई एएचएफले सेवा दिँदै आएको छ । ४३ देशमा एचआईभीको क्षेत्रमा कार्यरत एएचएफले मात्रै विश्वका एक करोड बीस लाख संक्रमितको स्याहार गर्दै आएको एएचएफ नेपालले जनाएको छ ।
एएचएफ नेपालका अनुसार ग्लोबल फन्डमार्फत तीन करोड २० लाख एचआईभी संक्रमितले आफ्नो जीवन लम्ब्याउँदै आएका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com