Connect with us

SOCIAL

प्रहरीलाई ‘घूस’ दिन खोज्ने दुई चालक पक्राउ

Published

on

भक्तपुर । सडक जाँचमा खटिएका प्रहरीलाई चेकजाँच छल्न पैसा (घूस) दिने दुई चालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोकको चौतारा नपा १० घर भई हाल काठमाडौंको काडाघारी बस्ने २८ वर्षीय मन्दिर माझी र धनुषाको ढल्केबर नपा ६ बस्ने २५ वर्षीय प्रेम बिकलाई नियन्त्रणमा लिएको हो ।
सडक जाँचका क्रममा माझीले रुट परमिटको कागजातभित्र लुकाई एक हजार एक सय ५० रुपैयाँ प्रहरीलाई दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार माझीले गएको आइतबार जिल्लाको मध्यपुर थिमी नपा २ सानोठिमी मनोहरा स्थितमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीलाई उक्त रकम दिएका थिए ।
‘प्रहरी टोलीले उक्त सडकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा सानोठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा २ ख ७२७१ नम्बरको मिनी टिपरका चालक माझीले उनको गाडी लाई चेकजाँच गर्दा रुट परमिटको कागजातभित्र लुकाएर प्रहरीलाई पैसा दिएका थिए’, प्रवक्ता प्रनाउ पोखरेलले भने, ‘हामीले सवारीसाधन र चालक माझीलाई नियन्त्रणमा लिएका छौं ।’
त्यस्तै बुधबार सोही ठाउँमा खटिएको प्रहरी टोलीलाई सवारी साधन चेकजाँच गर्ने क्रममा ब्लुबुकभित्र एकसय रुपैयाँ लुकाई दिने अर्का चालक बिक प्रहरी नियन्त्रणमा परेका हुन् ।
ना ५ ख ७५८६ नम्बरको ट्रक चलाएर काठमाडांैबाट भक्तपुरतर्फ आउँदै गरेका बिकले चेकजाँच छल्न प्रहरीलाई एकसय रुपैयाँ दिएका थिए ।
प्रहरीले बिक र सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
दुवैजनालाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

SOCIAL

निशान ट्रकमा ठोक्किएको मोटरसाइकलमा आगलागी : दुई घाइते

Published

on

By

निशान ट्रकमा ठोक्किएपछि आगलागी भएको मोटरसाइकल । तस्बिर र भिडियो : फेसबुकबाट

भक्तपुर । अरनिको राजमार्गस्थित भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजारमा सोमबार निशान ट्रकमा ठोक्किएर सडकमा घिस्रिन पुगेको मोटरसाइकलमा आगलागी भएको छ । आगलागीले मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पाण्डोबजारबाट अरनिको राजमार्ग प्रवेश गर्न लागेको बा ४ ख ५७३४ नम्बरको निशान ट्रकमा सूर्यविनायकबाट काठमाडौंतर्फ आउँदै गरेको को २१ प ३९५४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
निशान ट्रकमा ठोक्किएको मोटरसाइकल करिब दस मिटर घिस्रिएको थियो । कालोपत्रे सडकमा घिस्रिएसँगै मोटरसाइकलमा आगो लागेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा लागेको आगो भक्तपुर जुद्ध बारुण यन्त्रको दमकलले नियन्त्रणमा लिइएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछापको उमाकुण्ड गाउँपालिका ३ बस्ने २३ वर्षीय राजु गुरागाईं र २६ वर्षीय गोविन्द गुरागाईं घाइते भएका छन् । उनीहरुको भक्तपुरको मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीले निशान ट्रक र चालकलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

निशान ट्रकमा ठोक्किएपछि आगलागी भएको मोटरसाइकल ।

 

Continue Reading

SOCIAL

तामाङ झुण्डिएर मृत फेला

Published

on

By

Web Picture

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ मनहरा नरेफाँटस्थित फर्निचरमा झुण्डिएको अवस्थामा एक युवा फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय हरिप्रसाद चौलागाईंको काठको फर्निचरमा काम गर्ने मकवानपुरको राईगाउँ ३ घर भएका १९ वर्षीय वीरबहादुर तामाङ झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
फर्निचरको सुत्ने टहराको कोठामा काठको बलोमा सलको पासो लगाई झुण्डिरहेको अवस्थामा तामाङ फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुुसार झुण्डिएको अवस्थामा फेला परेका तामाङलाई आफन्तले पासो काटी समिट अस्पताल लगेका थिए । तर चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
उनका अनुसार महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी अधिकृतको टोली खटी गई घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरिएको छ । लास पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको भक्तपुर परिसरले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइरहेको छ ।

Continue Reading

SOCIAL

बस र ट्रिपर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

Published

on

By

Web Picture

भक्तपुर । अरनिको राजमार्गको भक्तपुरस्थित सूर्यविनायक नपा ९ नलिञ्चोक सडक खण्डमा गएराति बस र ट्रिपर एकापसमा ठोक्किँखा बसका सहचालकको मृत्यु भएको छ । त्यस्तै बसका चालक र ट्रिपरका चालक तथा सहचालक गरी तीनजना घाइते भएका छन् ।
काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४८१५ नम्बरको ट्रिपर एकापसमा ठोक्किएको थियो ।
दुई गाडी ठोक्किँदा यात्रु नभएको भाडाको बसका सहचालक सिन्धुपाल्चोकको चौतारा सागागढी ३ बतासे बस्ने ३२ वर्षीय रमेश भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका अनुसार बसका चालक बतासेकै २४ वर्षीय सन्तोष थापा गम्भीर घाइते भएका छन् ।
त्यस्थै ट्रिपर चालक सिन्धुपाल्चोककै लिशंखु पारख गाउँपालिका ७ घर हुने २८ वर्षीय देवकुमार श्रेष्ठ र सहचालक मकवानपुरको बकैया ८ घर हुने २३ वर्षीय कृष्णबहादुर ठकुरी घाइते भएका छन् ।
घटनालगत्तै चारजनालाई उपचारको लागि भक्तपुरको मध्यपुर अस्पताल ठिमी लगिएको थियो । अस्पतालले बस चालक र सहचालकलाई थप उपचारको लागि गएराति नै ललितपुरस्थित मेडिसिटी अस्पताल रिफर गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
मेडिसिटी अस्पतालमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले बसका सहचालक भण्डारीलाई मृत घोषणा गरेको उनले बताए ।
‘बस चालकको गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ’, प्रवक्ता पोखरेलले भने, ट्रिपरका चालक र सहचालकको भने मध्यपुर अस्पतालमै उपचार भइरहेको छ ।’
उनका अनुसार दुवै सवारीसाधन चल्नसक्ने अवस्था छैनन् । त्यसैले ¥याकरले निकाली घटनास्थल नजिकै सडक किनारमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ ।

Continue Reading

SOCIAL

निशानको ठक्करबाट मोक्तानको मृत्यु

Published

on

By

Web Picture

भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिका ९ च्याम्हासिंहमा मंगलबार राती निशान ट्रकको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ ।
च्याम्हासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ ख ३८३९ नम्बरको निशान ट्रकले ठक्कर दिँदा पैदल यात्री रामेछापको सुनपाती गाउँपालिका ३ घर भई हाल च्याम्हासिंहमै बस्दै आएका ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ट्रकको ठक्करबाट घाइते मोक्तानलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो ।
उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार ठक्कर दिने सवारीसाधन र चालक सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई हाल भक्तपुर नपा १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारीसाधन र चालक नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

Continue Reading

SOCIAL

अब एचआईभी संक्रमितको पनि जीवन बीमा

Published

on

By

एचआईभी संक्रमितको जीवन बीमा गर्ने व्यवस्थासम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । अब नेपालका एचआईभी एड्स लागेकाहरुले जीवन बीमा गर्न पाउने भएका छन् ।
राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले प्राइम लाइफ इन्सुरेन्ससँग एचआईभी संक्रमितहरुको जीवन बीमा गर्ने सहमति गरेको हो ।
यसअघि प्राणघातक एचआईभी एड्स लागेकै कारण संक्रमितहरुले जीवन बीमा गर्न पाइरहेका थिएनन् । उनीहरुलाई जीवन बीमामा भेदभाव थियो ।
तर एनएपीएनसँगको सहमतिपछि प्राइम लाइफले विनाभेदभाव संक्रमितले चाहेको रकम बराबरको जीवन बीमा गरिदिने भएको छ ।
उक्त सम्झौतापत्रमा एनएपीएनका अध्यक्ष राजेश दिदिया र प्राइम लाइफका सीईओ मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
त्यस्तै एनएपीएनका कार्यक्रम अधिकृत प्रकाशनाथ योगी र प्राइम लाइफका अधिकृत दिनेश सुवेदी सम्झौताको साक्षी बसेका छन् ।
उक्त सम्झौतामा हस्ताक्षर हुनु नेपालको एचआईभी एड्सको क्षेत्रमा अहिलेसम्मकै महत्वपूर्ण उपलब्धि भएको एनएपीएनका अध्यक्ष दिदियाले दावी गरे ।
उनका अनुसार यसअघि एचआईभी संक्रमितले चाहेर पनि जीवन बीमा गर्न पाइँदैनथ्यो ।
‘यस सम्झौतासँगै एचआईभी संक्रमित र उनका परिवारले जीवन बीमा गर्न पाउने भएका छन्’, उनले भने, ‘यसले संक्रमितलाई समेत स्वस्थ हुन नियमित औषधि सेवन गर्न दबाब पर्छ ।’


अहिले एचआईभी संक्रमणको क्षेत्रमा नयाँ नयाँ औषधि प्रयोगमा आइरहेका छन् । जसले संक्रमितको जीवन लम्ब्याउनुका साथै उक्त औषधिको प्रयोगले संक्रमितले अरु सामान्य मानिससरह श्रम गर्न सक्छन् ।
त्यसलाई व्यवहारमै पुष्टि गर्न बीमाले टेवा पुग्ने अध्यक्ष दिदिया बताउँछन् ।
प्राइम लाइफ इन्सुरेन्सका अधिकृत सुवेदीले सम्झौताअनुसार एकजना संक्रमितले जीवन बीमा गरे उनको परिवारमध्ये थप एक सदस्यको निःशुल्क बीमा गरिने जानकारी दिए ।
‘संक्रमितले जति रकमको बीमा गर्नुहुन्छ’, उनले भने, ‘त्यति नै रकम बराबरको उनको परिवारका एक सदस्यको निःशुल्क बीमा गरिदिन्छौं ।’
उक्त व्यक्तिको प्रिमियम प्राइम लाइफ र एनएपीएनले भुक्तानी गरिदिने उनको भनाइ थियो । उनका अनुसार निःशुल्क बीमा गरिएका व्यक्तिलाई बोनस तथा ब्याज भने दिइनेछैन । उनलाई चोखो बीमाको रकममात्रै भुक्तानी गरिनेछ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेका छन् । त्यसमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कहरु बढी संक्रमित छन् । नेपालका वयस्क जनसंख्यामा एचआईभीको व्याप्ततादर ०.१५ प्रतिशत रहेको छ ।
कूल संक्रमितमध्ये १५ हजार दुई सय ४० जना संक्रमितमात्रै नियमित उपचारमा रहेको केन्द्रको तथ्यांक रहेको छ ।

Continue Reading

Trending

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU