Connect with us

POLITICS

भक्तपुरमा एक हजार ३ सय ७१ मतदाता थप

Avatar

Published

on

भक्तपुर जिल्लाको राजनीतिक नक्सा ।

भक्तपुर । भक्तपुरमा एक हजार तीन सय ७१ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त संख्यामा मतदाता थपिएका हुन् ।
कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले गत वर्ष महिला ६ सय ७३ र पुरुष ६ सय ९८ गरी कूल एक हजार तीन सय ७१ जना मतदाता थपिएको जानकारी दिए ।
यससँगै भक्तपुरमा मतदाताहरुको संख्या एक लाख ७९ हजार चार सय ७० पुगेको उनले बताए ।
निर्वाचन कार्यालयले गत वर्षको भदौ ८ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम अघि बढाएको थियो । उक्त कार्यक्रमअनुसार भक्तपुरमा जिल्लाबाट बाहिरी जिल्लामा ठाउँ सार्न नौ वटा निवेदन परेको सूचना अधिकारी बीसीले बताए ।
त्यस्तै बाहिरी जिल्लाबाट भक्तपुर आउन ३९ जनाले निवेदन दिएका छन् । भक्तपुर जिल्लाभित्रै आन्तरिक अद्यावधिकको लागि भने १८ वटा निवेदन परेको कार्यालयले जनाएको छ ।
भक्तपुरमा दुइटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रेम सुवाल र क्षेत्र नं. २ मा सत्तारुढ नेकपा (नेकपा) का महेश बस्नेत निर्वाचित भएका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com