Connect with us

POLITICS

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

Avatar

Published

on

Web Picture

भक्तपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जिल्लाको मध्यपुर थिमि नगरपालिका ४ नयाँठिमीस्थित चार दोबाटोबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
नयाँ ठिमीका स्थानीय व्यापारीहरुलाई धाक धम्की दिएर जबरजस्ती चन्दा असुलिरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सोधपुछ गर्दा प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भएको पुष्टि भएको उनले बताए ।
पक्राउ परेका तामाङ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ का स्थायी बासिन्दा हुन् । उनी चन्दा संकलन गर्नकै लागि सिन्धुपाल्चोकबाट भक्तपुर खटिएको अनुसन्धानको क्रममा देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङमाथि अभद्र व्यवहार कसुरमा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनी महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com