Connect with us

POLITICS

भक्तपुरमा कांग्रेसका भडेल अगाडि

Avatar

Published

on

नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल ।

भक्तपुर । भक्तपुर क्षेत्र नं १ क प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । आइतबार बिहान ७ बजेसम्मको मत गणनामा कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले अग्रता कायम राखेका हुन् ।
सुरुवातदेखि नै अग्रता कायम राखेका भडेलले अहिलेसम्म नौ हजार ९५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ६ हजार सात सय ८३ मत भएको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले दुई हजार ६४ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रवक्ता भीमबहादुर बीसीले जानकारी दिए ।
उनका अनुसार कमल थापा नेतृत्वका राप्रपाका श्यामप्रसाद नेपालले दुई सय ९४ मत ल्याउँदा साझा पार्टीका सुरज प्रधानको दुई सय ४८ मत रहेको छ ।
त्यस्तै समाजवादी पार्टीका सुदर्शन मुनंकर्मीको १५ र नेकपाका मालेका सुदर्शन लामिछानेको १५ मत रहेको छ ।
उनका अनुसार चाँगुनारायण नगरपालिकाका वडा नं. १ देखि ६ सम्मको मत गणना भइसकेको छ । जसअनुसार अब चाँगुनारायण नपाका ७ देखि ९ र भक्तपुर नगरपालिका १० वडाको मत गणना हुन बाँकी छ ।
मतगणना हुन बाँकी वडाहरुको अघिल्लो परिणाम हेर्दा कांग्रेस उम्मेदवार भडेलको जीत निश्चित देखिएको छ । चाँगुनारायण नपा ७ वडाको अध्यक्षमा कांग्रेसले जितेको थियो । त्यस्तै वडा नं. ८ मा नेकपाले जिते पनि कांग्रेस र राप्रपा संयुक्तको मत बढी छ ।
वडा नं ९ र भक्तपुर नपा १० वडामा नेमकिपाले जितेको थियो । तैपनि यी वडाबाट नेकपा र कांग्रेसलाई समान मत आउने गरेको छ । यस आधारमा अहिले करिब दुई हजार तीन सयको अग्रता कायम राखेका कांग्रेस उम्मेदवार नै विजयी हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com