Connect with us

POLITICS

अन्ततः मन्त्रिपरिषद् पुनर्गठन

Avatar

Published

on

मन्त्रिपरिषद्को कार्यालय ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद् सदस्यहरुको सूची राष्ट्रपति कार्यालयले सार्वजनिकसमेत गरेको छ । जसअनुसार उनीहरुलाई बिहीबार सपथ खुवाउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले केही पुरानालाई बिदाइ दिएर नयाँ ल्याएका छन् । त्यस्तै केहीको मन्त्रालय फेरिएको छ भने केहीका जिम्मेबारी यथावत छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय फेरिएको छ । यसअघि स्वास्थ्य मन्त्रालय पाएका यादवलाई कानुन मन्त्रालय दिइएको छ । उपप्रधानमन्त्री भने खोसिएको छैन । यसअघि कानुनमन्त्री रहेका नेकपा नेता भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ ।
यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको पद खोसिएको छ ।
कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।
नयाँ मन्त्री बन्नेहरुमा बसन्त नेम्वाङ भौतिक पूर्वाधार, घनश्याम भुसाल कृषि, हृदयेश त्रिपाठी सामान्य प्रशासन, पार्वत गुरुङलाई महिला, बालबालिका तथा समाज कल्याण र मोती दुगडलाई उद्योग, बाणिज्य तथा आपूर्ति (राज्य) रहेका छन् ।
त्यस्तै लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका छन् ।
यसअघिका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई यथावत रहेका छन् । त्यस्तै खानेपानीमन्त्री वीना मगर, अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खेलकुदमन्त्री जगत विश्वकर्मा, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पद पनि यथावत छ । भूमिसुधारमन्त्री पद्मा अर्याल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि यथावत रहेका छन् ।
नयाँ मन्त्रिपरिषद् विस्तारमा राज्यमन्त्रीतर्फ रामवीर मानन्धर (सहरी विकास) र नवराज रावत (स्वास्थ्य तथा जनसंख्र्या पनि थपिएका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com