Connect with us

HEALTH

एग्बोसाद्वारा त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Avatar

Published

on

त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्दै पूर्वगण्डकी बोर्डिङ स्कुल स्टुडेन्टस् एसोसियसनकी अध्यक्ष डा. सुजाता हिराचन । तस्बिरहरु : इन डेप्थ

काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी बोर्डिङ स्कुलका पूर्वविद्यार्थीहरुको संस्था पूर्वगण्डकी बोर्डिङ स्टुडेन्टस् एसोसियसन (एग्बोसा) काठमाडौंले राजधानीस्थित त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
एग्बोसाले त्रिवि शिक्षण अस्पताललाई सर्जिकल माक्स पाँच हजार थान, एन ९५ माक्स ६ सय, फेस सिल्ड दुई सय, ६० लिटर स्यानिटाइजर र चार वटा स्यानिटाइजर डिस्पेन्सर सहयोग गरेको हो ।
एग्बोसाकी अध्यक्ष डा. सुजिता हिराचनले त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. रोहित पोखरेललाई आइतबार एक कार्यक्रमबीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।
उक्त अवसरमा एग्बोसाकी अध्यक्ष डा. हिराचनले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा अग्रपंक्तिमा बसेर काम गरिरहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि ती स्वास्थ्य सामग्री सहयोग गरिएको बताइन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले न्यूनत्तम स्वास्थ्य सुरक्षाका सामग्रीसमेत नपाएकोबारे सञ्चारमाध्यममा आएको खबरमा ध्यानाकर्षण भएर उक्त सहयोग गरिएको उनले स्पष्ट पारिन् ।


उनका अनुसार यसअघि काठमाडौंकै वीर अस्पतालमा पनि सोही संख्यामा सर्जिकल माक्स, एन ९५ माक्स, फेस सिल्ड, स्यानिटाइजर सहयोग गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रो. पलेस्वाँ जोशी लाखे, प्रो. रमेशसिंह भण्डारी, डा.प्रमेशसुन्दर श्रेष्ठ, कृष्ण गुरुङ र राजुमृगेन्द्र जोशीको पनि उपस्थिति थियो ।
संस्थाकी अध्यक्ष डा. हिराचनले अर्को चरणमा लुम्बिनी अञ्चल अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरिने बताइन् ।
उनका अनुसार एग्बोसाले देशभरका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको एग्बोसाले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आएको उनले बताइन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com