Connect with us

BUSINESS

भक्तपुर नपाको बजेट १ अर्ब ७३ करोड

Avatar

Published

on

आर्थिक वर्ष २०७५÷७६ को अनुमानित बजेट प्रस्तुत गर्दै भक्तपुर नपाकी उपप्रमुख रजनी जोशी ।

 

भक्तपुर
भक्तपुरकै जेठो भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को लागि एक अर्ब ७३ करोड ४० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नपाको जारी तेस्रो नगरसभामा आइतबार उपप्रमुख रजनी जोशीले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
जसअनुसार चालू खर्चतर्फ ८७ करोड ९३ लाख ८८ हजार र पू“जीगततर्फ ८५ करोड ४६ लाख १२ हजार विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिइन् । पू“जीगत खर्चअन्तर्गत २६ वटा योजनासँगै क्रमागत योजनाहरुको निरन्तरताको लागि मात्रै १६ करोड ७३ लाख ७९ हजार ६० रुपैया“ विनियोजन गरिएको उनको भनाइ छ ।
पूँजीगततर्फ देको मिबा इतापाके जग्गा एकीकरण आयोजनाको लागि २५ करोड रुपैयाँ छुट्याइएको छ । त्यसपछि ख्वप अस्पतालको लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै खेल मैदान तथा कर्भड हल निर्माण गर्न एक करोड ५० लाख, अरनिको सभा भवन बनाउन एक करोड, छात्रवृत्ति तथा शैक्षिक ऋणको लागि एक करोड ५५ लाख र मेसिनरी तथा औजारको लागि दुई करोड र भवन खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख जोशीले बताइन् ।
बजेटमा ख्वप विश्वविद्यालय तयारी समिति कार्यदल गठनको लागि १० लाख र भक्तपुर नगर क्षेत्रलाई सा“स्कृतिक नगर घोषणा गर्न कार्यदल गठन गर्न पनि १० लाख रुपैयाँ छुट्याइएको छ ।
भक्तपुर नपाले आगामी आर्थिक वर्षमा पनि प्रत्येक वडालाई वडागत योजनाहरुको लागि ५०÷५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसको लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । २०७२ साल बैशाख १२, १३ र २९ गतेको भूकम्पबाट पूर्ण क्षति भएको दरवार क्षेत्रस्थित भक्तपुर नपाको भवन पुनर्निर्माणको लागि अध्ययन÷डिजाइनको लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।
भक्तपुर नगरमा व्यवस्थित तरकारी बजारको लागि १५ लाख रुपैयाँ राखिएको छ । भक्तपुरको सभ्यता र सौन्दर्यको रुपमा रहेको हनुमन्ते खोला र खासाङ खुसुङ खोला सुधारको लागि ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भक्तपुर औद्योगिक क्षेत्रको प्रदूषण न्यूनीकरण गर्दै यस क्षेत्रलाई पर्यटन केन्द्रित हस्तकला औद्योगिक क्षेत्रको रुपमा विकास गर्न र प्रर्दशनी केन्द्र स्थापना गर्न ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै भक्तपुर नगरलाई बटुवामैत्री नगर बनाउन विभिन्न ठाउ“हरुमा पार्किड्डको साथसाथै बस स्टप निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिइन् । नगरपालिकाअन्तर्गत एफएम र टेलिभिजन सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उपप्रमुख जोशीले चालू आवको जेठ मसान्तसम्ममा कूल एक अर्ब १३ करोड ५९ लाख ९१ हजार ७०९ रुपैया“ ९७ पैसा यथार्थ आम्दानी भएको जानकारी दिइन् तर नपाले चालू आवमा एक अर्ब पाँच करोड ५५ लाख रुपैयाँमात्रै आम्दानी हुने अनुमान गरेको थियो ।
त्यस्तै चालू आवको जेठ महिनासम्म ८७ करोड ३६ लाख ६० हजार ९०८ रुपैया“ १४ पैसामात्रै खर्च भएको उनले सुनाइन् । उनका अनुसार चालू खर्चअन्तर्गत महत्वपूर्ण ६० वटा कार्यक्रमहरु जारी रहेका छन् । उपप्रमुख जोशीले चालू आवको सशर्त अनुदानअन्तर्गतको २९ करोड १० लाख रुपैयाँमध्ये शिक्षाको लागि २४ करोड ७ लाख ४४ हजार ३ सय, स्वास्थ्यको लागि १९ करोड ३५ लाख ८० हजार, आयुर्वेदिक स्वास्थ्य सेवाको लागि ३३ लाख ६ हजार ७ सय र पशु सेवाको लागि पाँच लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको बताइन् ।
त्यस्तै कृषिको लागि १७ लाख ९५ हजार, वातावरणीय सरसफाइमा ६ लाख २५ हजार, राष्ट्रिय कला संग्रहालयको लागि एक करोड ३७ लाख ३१ हजार, स्मारक संरक्षण तथा दरवार हेरचाहको लागि ७९ लाख १ हजार र समाज कल्याण तथा महिला विकासको लागि १६ लाख ६९ हजार रुपैयाँ छुट्याइएको छ ।
यस आर्थिक वर्षको समानीकरण अनुदानको लागि २० करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिइन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com