Connect with us

BUSINESS

भक्तपुर घरेलु सहकारीको अध्यक्षमा प्रजापति

Avatar

Published

on

नवनिर्वाचित भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिका पदाधिकारी । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लि को अध्यक्षमा सत्यनारायण प्रजापति पुनः निर्वाचित भएका छन् ।
संस्थाको पाँचौं अधिवेशन तथा १९ औ साधारणसभाले प्रजापतिको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत भएको हो । जसअनुसार उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा प्रेमकृष्ण खर्बुजा र कोषाध्यक्षमा वीरेन्द्र जती रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राजेन्द्रप्रसाद प्रजापति, लक्ष्मण ग्वाछा, तुल्सीदेवी लाखा, श्यामसुन्दर श्रेष्ठ र लक्ष्मीप्रसाद कवां रहेका छन् ।
साधारणसभाले रामसुन्दर खाताखोको संयोजकत्वामा लेखा सुपरिवेक्षण समितिसमेत चयन गरेको छ । उक्त समितिको सदस्यमा रविन माक र सुमित्रा श्रेष्ठ रहेका छन् ।
यसअघि संस्थाको साधारणसभाको उद्घाटन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले केही बैक सञ्चालकहरुको दबाबमा सरकारले एक व्यक्ति एक सहकारी भन्ने अव्यवहारिक नीति लागू गर्न लागिएको बताए ।
एक सहकारीमा कम्तीमा दुई हजार सदस्य हुनुपर्ने जस्ता नीति असान्दर्भिक भएको उनको भनाइ थियो ।
‘सहकारी स्थानीय तहअन्तर्गत गए पनि सहकारीका जटिलताबारे स्थानीय सरकार अन्योल रहेको छ’, अध्यक्ष लाखाजूले भने, ‘स्थानीय तह सहकारीको संरक्षण गर्नभन्दा सहकारीसँग कसरी बढी कर असुल्ने भन्नेबारेमा बढी केन्द्रित रहेको छ ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले घरेलु उद्यमीहरुलाई आर्थिक टेवा पु-याउन सहकारी सञ्चालनमा ल्याइएको स्पष्ट पारे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख सुवोधकुमार शाह, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिश लागेजू र भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.की सचिव विन्द्रा प्रजापतिले सहकारीमा बचतमात्रै जम्मा नगरी ऋण लिएर आफ्नो व्यापार व्यवसायलाई विस्तार गर्नुपर्ने धारणा राखे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com